• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रुबीको श’व फाल्न ५ सय रुपैयाँमा ई-रिक्सा भाडामा लिएको


  • धनकुटा खबर
  • .

रौतहट सुटकेसमा श’व भेटिएको २६ बर्षिया रुविको बारेमा नयाँ रहस्य खुलेको छ ।

प्रहरीका अनुसार श’व फाल्नका लागि ५ सय रुपैयाँमा ई-रिक्सा भाडामा लिइएको थियो। बाटोमै रिक्सा बिग्रिएपछि आरोपितले सुटकेस सडकमै छाडेर फरार भएका थिए। भाडामा दिएको ई-रिक्साका चालक लक्ष्मण महरा पक्राउ परेका छन्। उनले सामान मात्रै हो भनी बोकिदिएको बताएका छन्।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मुख्य आरोपी विदेशबाट फर्किएका व्यक्ति हुन्। उनी रुबीसँग लामो समयदेखि सम्पर्कमा रहेका थिए।

विदेशबाट ल्याएको सुटकेसमै रुबीको श’व प्याक गरी फालिएको प्रमाण फेला परेको छ। संलग्न व्यक्तिको पहिचान भइसकेको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖