• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

१५ दिन पतिसँग १५ दिन प्रेमीसँग संग बस्ने यी युवती


  • धनकुटा खबर
  • .

उत्तर प्रदेशको रामपुरमा श्रीमान-श्रीमती र प्रेमीबीच सम्बन्धको एउटा अनौठो घटना सार्वजनिक भएको छ।

अहिलेसम्म १० पटक प्रेमीसँग भागेकी विवाहित महिलाले गाउँमा बोलाइएको पञ्चायतमा महिनामा १५ दिन श्रीमान्‌सँग र १५ दिन प्रेमीसँग बस्ने खुला प्रस्ताव राखेकी हुन्।

श्रीमतीको प्रस्ताव सुनेर श्रीमान् र त्यहाँ उपस्थित सबै छक्क परे।

पञ्चायतमै श्रीमान्‌ले हात जोडेर आफ्नी श्रीमतीलाई भने, मलाई माफ गर र अब तिमी आफ्ना प्रेमीसँगै बस।

यो घटना अहिले त्यहाँ चर्चाको विषय बनेको छ।

हिन्दुस्तानका अनुसार घटना अजिमनगर र टांडा प्रहरी चौकी क्षेत्रका दुई गाउँसँग सम्बन्धित छ।

अजिमनगर प्रहरी चौकी क्षेत्रकी एक युवतीको विवाह डेढ वर्षअघि छिमेकी गाउँका एक युवकसँग भएको थियो।

विवाहको केही दिनपछि विवाहित महिला टांडा क्षेत्रका एक युवकसँग प्रेममा परेकी थिइन्।

एक वर्षअघि ती महिला आफ्ना प्रेमीसँग भागेकी थिइन्। पञ्चायतपछि पतिले विवाहित महिलालाई घर फिर्ता ल्याए।

तर श्रीमती एक वर्षभित्र ९ पटक आफ्नो प्रेमीसँग भागिन्। ८ दिनअघि श्रीमान्‌ले यस विषयमा अजिमनगर प्रहरीमा उजुरी गरे। जसमा उनले आफ्नी पत्नीलाई प्रेमीबाट फर्काइदिन प्रहरीसँग अनुरोध गरे।

यो कुरालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लियो र श्रीमान्‌को जिम्मा लगाइदियो।

तर श्रीमान्‌को घरमा एक रात बसेपछि श्रीमती १०औँ पटक प्रेमीसँग भागिन्। श्रीमान् प्रेमीको घर पुगे र श्रीमतीलाई घर आउन भने। तर उनले ठाडै अस्वीकार गरिन्। श्रीमान्‌ले श्रीमतीलाई धेरै सम्झाउने प्रयास गरे तर उनी मान्दै मानिनन्।

त्यसपछि छलफलका लागि गाउँमा पञ्चायत बस्यो। जहाँ महिलाले भनिन्, ‘महिनामा १५ दिन पतिसँग र १५ दिन प्रेमीसँग बस्छु।’

यस्तो प्रस्ताव सुनेपछि पञ्चायतमा बसेका पञ्चहरू एकअर्कालाई हेर्न थाले। त्यसपछि श्रीमान्‌ले हात जोडेर उभिँदै भने, अब तिमी आफ्नो प्रेमीसँगै बस, मलाई माफ गर।

यसपछि उनी श्रीमतीलाई प्रेमीको घरमै छाडेर फर्किए। आफन्त र पञ्चहरू पनि फर्किए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖