• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

छातीमा प्रेमिकाको ट्याटु अनि हातमा ‘माई हार्ट रुबीकुमारी’ : लक्ष्मणले ‘हत्या गर्नुपर्ने गहिरो प्रेम’


  • धनकुटा खबर
  • .

काठमाडौं– रौतहटमा सुटकेशमा भेटिएको शव प्रकरणका हत्या अभियुक्त मानिएका लक्ष्मण पासवानले रुवीकुमारीलाई गहिरो प्रेम गर्थे वा के थियो कारण भन्ने विषय पत्ता लगाउने क्रम जारी छ।

तर, आत्मदाहको प्रयास गरेका उनले फेसबुकमा जारी गरेको भिडिओ बयान र उनको शरिरमा खोपिएका ट्याटुले भने रुवीकुमारीप्रति उनको मोह कति थियो भन्नेचाहिँ प्रष्ट हुन्छ।

उनको एकतर्फी प्रेम थियो वा उनले भने जस्तो दुईतर्फी त्यसको अनुसन्धान पनि प्रहरीले गर्ला नै तर अस्पतालमा पुराइएका लक्ष्मणको छातीमा रुवीकुमारीको तस्बिरको ट्याटु र हातमा ‘माई हार्ट रुवीकुमारी’ लेखेको भेटिएको छ।

रुवी उनको स्कुलेजीवनदेखिको साथी र पहिलो प्रेम रहेको उनले तयार पारेको भिडिओमा फेला परेको थियो। उनले फेसबुकमा भिडिओ पोस्ट गरेर रुवीकुमारीको हत्या गरेको स्वीकारसहित अनेक विषयको खुलासा गरेका छन्।

रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन्। पहिलो प्रेम रहेको र आर्थिक स्थिति नराम्रो रहेको उल्लेख गरेका उनले रुवीकुमारीलाई आफूलाई मार्न भनेको तर रुवीले पनि मार्नका लागि भनेको उल्लेख गरेको विवरण आएका छन्।

रुवीकुमारीको हत्या गरेदेखि हात काँपीरहेको बताएका उनले बाँचे पनि १५ बर्ष जेल जानुपर्ने भएकाले आत्मदाहको निर्णय गरेको उल्लेख गरेका छन्।
हत्या अघि रुवी ब्यूटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको खुलाएका उनले भनेका छन्,‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ।’

स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन्।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवीकुमारी साहको शव भेटिएको थियो। माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बुधबार भेटिएको छ।

मृत रुवीकुमारीको शव पोस्टमार्टम गरिएको छ। उनको भारतको मुज्जफरपुरमा बिहे भएको थियो। उनी केही समयदेखि माइती र एक महिनादेखि डेरा गरेर बस्ने गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖