• Monday 26th of October 2026

रास्वपाको प्रारम्भिक निर्वाचन : रूपन्देही–३ मा १२ घण्टामा ४२ प्रतिशत मतदान


  • धनकुटा खबर
  • .

आगामी कार्तिक १७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छनोट गर्ने उद्देश्यले सुरु भएको प्राथमिक निर्वाचनमा पहिलो १२ घण्टामै ४२ प्रतिशत मतदान भएको छ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान भोलि साँझ ७ बजेसम्म चल्नेछ। पार्टीले यसपटक उम्मेदवारका लागि ९ जना निवेदकबीच प्रतिस्पर्धा गराइरहेको छ।

रूपन्देही–३ का २,७१६ जना पार्टी सदस्य र दलको केन्द्रीय समिति मिलाएर जम्मा २,७७८ मतदाता रहेकोमा अहिलेसम्म १,१६९ मत खसेको पार्टीले जनाएको छ। यो कुल मतदाताको ४२.०८ प्रतिशत हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖