• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

खुटिया नदीमा साथीको जन्मदिन मनाउन गएका ७ किशोरमध्ये ४ जनाको डु’बेर मृ’त्यु


  • धनकुटा खबर
  • .

कैलालीको गोदावरी नगरपालिका-९ खुटिया नदीमा साथीको जन्मदिन मनाउन गएका ७ किशोरमध्ये ४ जनाको डु’बेर मृ’त्यु भएको छ।

१२ भदौ ( आज ) दिउँसो घटेको घटनामा धनगढीका सक्षम जोशी, प्रतीक चौधरी, जेव भण्डारी र जावेज भण्डारीको मृ’त्यु भएको हो। उनीहरू कपडा वारीपट्टी राखेर नदी पारी गएर खानेकुरा खाइसकेपछि फर्किने क्रममा डु’बेका हुन्।

एक जना डु’बेपछि बचाउन खोज्दा थप ३ जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा नवील बुडाल, युवराज कुँवर र प्रकाश मल्ल भने पारीपट्टी सुरक्षित थिए। मृ’तकमध्ये तीन जना बालमिकी इन्टरनेशनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए। चारै जनाको श’व सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

परीक्षणपछि परिवारलाई बुझाइने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖