चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङले काठमाडौं कालिमाटी क्षेत्रमा जुत्ता पसल संचालनमा ल्याएका छन् ।
‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पार स्थित टासी लामाको घरमा गोठालोका रुपमा काम गरेर ३३ वर्ष जीवन बिताएका थिए।
विभिन्न व्यक्ति तथा निकायहरूको सहयोगमा उनको यसअघि नै आफ्नै घर निर्माण भइसकेको छ भने अहिले उनले नयाँ व्यवसाय सुरु गरेका छन्।
