• Monday 26th of October 2026

रुपन्देही–३ मा राप्रपाका चार आकांक्षीमा एकले टिकट पाउँदा अर्कोले सघाउने सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही–३ मा उम्मेदवार हुनका लागि आकांक्षी रहेका चार जनाले आफूहरूमध्ये कुनै एकलाई उम्मेदवार बनाउँदा सबैले स्वीकार्ने सहमति गरेका छन् ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि राप्रपाबाट उम्मेदवार हुनका लागि ६ जनाको नाम सिफारिस भएको थियो । स्वाति थापा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र बसन्तविक्रम शाहीले आफूहरू मध्ये जो सुकै उम्मेदवार बनेपनि सहयोग गर्ने सहमति गरेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी गराए ।

अरु दुई जना आकांक्षीसँग पनि छलफल गरेर सर्वसम्मत उम्मेदवार तय गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

सहमति गर्ने चार मध्ये तीन जना पूर्व सांसद दीपक बोहराका परिवारका सदस्य हुन् ।

दिवंगत पूर्व सांसद बोहराका परिवारकै सदस्यबाट स्वाति थापा, गौरब बोहरा र प्रज्ज्वल बोहराको नाम सिफारिस भएको थियो । गौरव र प्रज्ज्वल निधन भएका सांसद दीपक बोहराका छोराहरू हुन् भने स्वाति नातिनी हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖