• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यिनै हुन् कार दुर्घटनामा निधन भएका डाक्टर विप्लव


  • धनकुटा खबर
  • .

चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा डा.विप्लव भट्टको निधन भएको छ ।

भरतपुर महानगरपालिका १० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖