• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सम्झना भट्ट मृत्यु प्रकरण : श्रीमान् कारागार, ससुरा–दिदी धरौटीमा रिहा


  • धनकुटा खबर
  • .

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीय सम्झना भट्टको मृत्यु प्रकरणमा पक्राउ परेका उनका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

कञ्चनपुर जिल्ला अदालतले बिहीवार भएको थुनछेक बहसपछि पवनलाई कारागार पठाउने आदेश दिएको हो। आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई जनही एक–एक लाख धरौटीमा रिहा गरिएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोडिएको अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले जानकारी दिए।

न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले सो आदेश दिएको हो। अदालतको आदेशअनुसार तीन जना रिहा भए पनि मृतकका श्रीमान् भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

गत साउन १८ गते बिहान सम्झना घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖