• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री यादव र मेयर सिंहलाई फोनमार्फत धम्की दिने युवती नियन्त्रणमा


  • धनकुटा खबर
  • .

खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।

शनिबार वीरगञ्ज–२४, रामगढ बस्ने किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिनुभयो।

प्रहरीका अनुसार मन्त्री यादव र मेयर सिंहले युवतीले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गुनासो गरेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रवक्ता लम्सालका भनाइमा, वीरगञ्जमा फैलिएको हैजा संक्रमणका कारण किरण साहका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका थिए। यही विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीजनक अभिव्यक्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसैबीच, मन्त्री यादवसँग किरण साहबीच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि भाइरल बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖