• Monday 26th of October 2026

रञ्जिताले बोलाएको नाउपाको केन्द्रीय समिति बैठक आज, चौधरी पक्ष सहभागी नहुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । अध्यक्ष रञ्जिता श्रेष्ठको आह्वानमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ। जमलस्थित येलो प्यागोडामा बैठक बस्न लागेको हो ।

पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा संस्थापक रेशम चौधरी पक्षका नेताहरू सहभागी नहुने बताइएको छ ।

दुई समूहबिचको विवादका कारण नाउपाका हरेक गतिविधि प्रभावित बन्दै आएका छन् ।

यसअघि चौधरी पक्षले श्रेष्ठलाई पार्टी अध्यक्षबाटै हटाए पनि निर्वाचन आयोगले मान्यता दिएको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖