• Monday 26th of October 2026

जनार्दन र वर्षमानको चाइना, केन्या हुँदै साउथ अफ्रिकाकाे सुन खानीमा लगानी छः दुर्गा प्रसाईँ


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको पैसा चाइन, केन्या हुँदै साउथ अफ्रिकामा सुन खानीमा लगानी रहेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्षमानको पैसा व्यवसायी मिनबहादुर गुरुङले पनि चलाएको बताए ।

‘दुइटैको पैसा चाइना र केन्यामा लगानी छ । वर्षमान पुनको मिनबहादुर गुरुङसँग पनि पैसा छ । चाइना हुँदै केन्या र साउथ अफ्रिकामा सुन खानीमा लगानी छ । वर्षमान पुनको त सबै पाट्नरहरु चाइनिज त हुन् नि,’– उनले भने ।

उनले वर्षमानसँग तीन अर्बभन्दा माथि पैसा रहेको दाबी गरे । देशको ६२ देखि ६४ खर्ब रुपैयाँ अपचलन भएको र त्यो पैसा नेताहरु र तस्करहरुसँग रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖