रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाका ९ आकांक्षी रवि लामिछानेलाई नक्खु कारागारमा भेट्न पुगे।
कारागार प्रशासनको व्यवस्था अनुसार दुई–दुई जना पालोमा भेट भए। सुलभ खरेल र पार्थिबेन्द्र उपाध्यायले सबैभन्दा लामो समय छलफल गरे।
तर, उम्मेदवार चयनबारे सभापति लामिछानेले कुनै संकेत नदिई, निर्णय सचिवालय बैठकपछि मात्रै हुने बताए।
