• Monday 26th of October 2026

झलनाथ-घनश्याम समूहमा खुलिन् झाँक्री, असन्तुष्ट पक्षको भेलामा सहभागी


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदौ । नेकपा (एकीकृत समाजवादी) को असन्तुष्ट समूहको भेला शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा जारी रहेको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुलासनिकट नेताहरुको सो भेलामा पूर्वमन्त्री रामकुमारी झाँक्री पनि सहभागी छिन् ।

अध्यक्ष माधव कुमार नेपालको मनोमानीपूर्ण कार्यशैली र अहंकारी व्यवहारका कारण पार्टी विघटनउन्मुख भएको असन्तुष्ट समूहका नेताहरुको निष्कर्ष रहेको छ । अध्यक्ष नेपालले पार्टी भित्रभित्रै नेकपा (माओवादी केन्द्र) लाई बुझाउने तयारी गरेको असन्तुष्ट समूहको आशंका छ । असन्तुष्ट समूहको भेलामा झाँक्री पनि पुगेपछि त्यहाँको रौनक फेरिएको थियो ।

उक्त भेलामा डा.बिजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाही, जयन्ती राई, गरिमा शाह, स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा लक्ष्मण लम्साल, युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाहीलगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖