• Monday 26th of October 2026

प्रधानमन्त्री ओलीले चीनसंग लिपुलेक बारेमा कुरा राखेको भन्दै एमालेले थाल्यो ‘धन्यवाद’ अभियान


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राष्ट्रपति सी चिनफिङसँग भेटवार्तामा लिपुलेक नेपालको भूभाग भएकाले भारत–चीनबीच भएको व्यापार सम्झौता आपत्तिजनक भएको कुरा उठाएका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार ओलीले नेपालको भूमि सम्मान र सीमा सार्वभौमिकतामा सम्झौता हुन नसक्ने स्पष्ट धारणा राखेका थिए। नेपाली दूतावासले पनि नेपालको सीमा दाबी कायम रहेको पुष्टि गरेको छ।

यस कदमलाई नेकपा एमालेले राष्ट्रवादी दृष्टिकोणबाट प्रचार गर्दै फेसबुकमा ‘धन्यवाद’ अभियान सुरु गरेको छ। ओली र उनका निकट नेताहरूले यस अभियानमा सहभागी भएर चीनसँग उठाइएको मुद्दामा समर्थन जनाएका छन्। तर सामाजिक सञ्जालमा केहीले यसलाई सस्तो प्रचारबाजी र उग्र राष्ट्रवादको शैलीको रुपमा आलोचना गरेका छन्।

प्रधानमन्त्री ओलीले अब भारतसँग पनि लिपुलेक र सम्बन्धित क्षेत्रको भूभागबारे वार्ता गर्ने तयारी गरिरहेका छन्। यसैबीच, एमाले कार्यकर्ताहरूले ओलीको कदम साहसिक भन्दै समर्थन देखाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖