• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यसरी खोलाले गाडी बगाएपछि…


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा रहेको बेचनी खोलाले गाडी बगाएको छ ।

खाद्रेबाट पर्सेनीका लागि छुटेको किराना सामान बोकेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान आइतबार तुलसीपुर–७ स्थित बेचनी खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए ।

उनका अनुसार, तुलसीपुर–६ का ४६ वर्षीय रामकुमार रेग्मीले चलाएको उक्त गाडी बेचनी खोला तर्ने क्रममा बीचमै स्टार्ट बन्द भएको थियो ।

त्यसपछि खोलामा पानीको बहाव बढ्दै जाँदा उक्त गाडी बगाएर १० मिटर तल लगेको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

उक्त गाडी करिब १ घण्टापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीसहित प्रहरी चौकी पर्सेनी, प्रहरी चौकी खाद्रेलगायतको प्रहरी टोलीले जेसीभीको सहायताले निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖