• Monday 26th of October 2026

को हुन् रास्वपाका उम्मेदवार डा. लेखजंग थापा ?


  • धनकुटा खबर
  • .

काठमाडौ । डा. लेखजंग थापा, आठ सन्तानमध्ये कान्छा, रुपन्देहीको सिद्धार्थनगर–९ निवासी र देशका वरिष्ठ न्युरोलोजिष्ट मानिन्छन् । नेपाली न्युरोसाइन्सको क्षेत्रमा १६ वर्षभन्दा बढी योगदान दिँदै आएका उनी प्रतिभाशाली चिकित्सक मात्र नभई समाजसेवी पनि हुन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्यूरोलोजी गरेका थापा अमेरिकाको नामी हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’ कार्यक्रमका स्नातक समेत हुन् ।

काठमाडौंमा व्यस्त पेशागत जीवन बिताउँदा पनि उनले डेढ दशकदेखि हप्तामा दुई दिन आफ्नै जन्मभूमि भैरहवामा रोगीहरूको उपचार गर्दै आएका छन् । त्यति मात्र होइन, रुपन्देहीका गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै, सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति कोषमार्फत सहयोग गर्दै आएका छन् ।

रोगको उपचारमा जस्तै समाजको उपचारमा पनि योगदान दिन सकिन्छ भन्ने विश्वासका साथ डा. थापा राजनीतिमा सक्रिय भएका छन् । सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्यलाई मार्गदर्शन मान्दै उनले अब मुलुककै उपचार गर्ने संकल्प बोकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖