• Monday 26th of October 2026

लेखजंग थापा विवादमा तानिएपछि रास्वपाले स्थगित गर्‍यो पत्रकार


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ का लागि छनोट गरेका उमेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ ।

थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो ।

आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनलाई उमेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो ।

थापामाथि पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो गरेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖