• Monday 26th of October 2026

रास्वपाले उम्मेदवार बनाएका डा. लेखजंग थापालाई सभापति रबि लामिछानेले सोध्दा यसो भनेका रहेछन्…


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुविवाहसम्बन्धी उजुरी परेका डा. लेखजंग थापालाई रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको खुलासा भएको छ।

थापाले पाँच वर्षअघि ‘सुपर थापा फ्यामिली’ शीर्षकमा युट्युबमा अपलोड गरेको भिडियोमा उनका जेठी र कान्छी श्रीमती दुबै एकसाथ देखिएका छन्।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछानेले पनि यो विषयमा थापासँग प्रश्न गरेका थिए। जवाफमा थापाले कानुनी रुपमा एक श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको दाबी गरेका थिए।

तर, उनले साँच्चिकै सम्बन्धविच्छेद गरेका हुन् कि होइनन् भन्ने कुरा यकिन छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖