• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

त्रिशुली नदीमा हामफाली बेपत्ता महिलाको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

नुवाकोट, भदौ १६ । नुवाकोटको विदुर नगरपालिका–५ जाल्पा मन्दिरस्थित त्रिशुली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छिन्।

आज साँझ करिब ५:३० बजे विदुर नगरपालिका–८ खुर्सानीखोला बस्ने ५१ वर्षीया उमादेवी भट्ट त्रिशुली नदीमा हामफालेकी प्रहरीले जानकारी दिएको छ।

बेपत्ता महिलाको पहिचान उनका श्रीमान् रामप्रसाद भट्टले पछ्यौरा र चप्पलका आधारमा गरेका हुन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖