• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

श्रीमतीको हत्या गरि शव भान्सामा लुकाउने श्रीमान पक्राउ


  • धनकुटा खबर
  • .

अर्घाखाँची । ६ दिनदेखि श्रीमतीको हत्या गरी शव भान्सामा गाडिएको भेटियो।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी घरभित्रै पुरेको घटना बाहिरिएको छ।

३६ वर्षीय किरण गुरुङले ३४ वर्षीया श्रीमती सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

हत्या गरी ९ वर्षीया छोरीलाई कसैलाई नभन्न दबाब दिएको र घटना भएको ६ दिनपछि मात्र शव भेटिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

किरणलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖