• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रेम विवाह गरेको श्रीमतीको कुटीकुटी हत्या


  • धनकुटा खबर
  • .

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा एक दशकअघि प्रेम विवाह गरेर सँगै जीवन बिताउन थालेका किरण गुरुङ र सुमित्रा कुमाल गुरुङबीचको सम्बन्ध अन्ततः दुःखद घटनामा परिणत भएको छ। श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी हत्या गरेर शव घरकै भान्सामा गाडेका थिए।

किरण र सुमित्राले करिब १० वर्षअघि समाजका धेरै कुरा बेवास्ता गर्दै प्रेम विवाह गरेका थिए। तर दुवैको यो दोस्रो विवाह थियो। किरणको पूर्व पत्नीबाट दुई छोरी थिए भने सुमित्राको पूर्व श्रीमानबाट तीन छोरा थिए। प्रेम विवाहपछि उनीहरू अर्घाखाँचीमा बसाइँ सरेर एक ९ वर्षीया छोरी सरुसँग जीवन बिताइरहेका थिए।

तर वैवाहिक सम्बन्धमा धेरै समयदेखि वादविवाद चल्दै आएको प्रहरीले जनाएको छ। यही विवाद गत भदौ १२ गते चरम अवस्थामा पुगेपछि किरणले मादक पदार्थ सेवन गरेको बेलामा श्रीमतीलाई बाँसको लाठि र हँसियाको पछाडिको भागले प्रहार गरी हत्या गरेका थिए।

हत्या गरेपछि उनले शवलाई कम्बलमा बेरेर भान्साकोठामा खाडल खनी गाडिदिएका थिए। छोरीसँगै बस्दै आएका भए पनि चार दिनसम्म आमा हराएको थाहा पाएर छरछिमेक र माइती पक्षले प्रहरीलाई खबर गरेपछि घटनाको पर्दाफास भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖