• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अवरुद्ध सडक खुलाउन गएको जेसीबी दुर्घटना, चालकको मृत्यु


  • धनकुटा खबर
  • .

बझाङको सुर्मा गाउँपालिकामा जेसीबी दुर्घटना भएको छ ।

सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए ।

उनका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा सोमबार राति जेसीबी पल्टिँदा चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖