• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा बिहानै कुकरको सिठ्ठी लगाए ३ लाख रुपैयाँसम्म जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा अब फोनमा ठूलो स्वरमा कुरा गरेमा, बिहानै प्रेशर कुकरको सि·ी बजाएमा, शौचालयमा फ्लश गर्दा ठूलो आवाज निकालेमा ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक अपिलमार्फत यस्तो जानकारी दिएको हो ।

प्रहरीले ध्वनी, धुवाँ र फोहर प्रदूषण मुक्त छिमेकी अभियान अन्तर्गत महानगरबासीहरुसँग यस्तो अपिल गरेको हो । प्रहरीले राती अबेर ध्वनी प्रदूषण कम गर्न, बिहानको शान्ति कायम गर्न, शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बन्न, सामाजिक र भार्मिक क्रियाकलापमा सचेत बन्न यस्तो अपिल गरेको हो ।

ध्वनी प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्य गर्न बन्देज लगाइ ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रहरीको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖