• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पाताले छाँगो लफडामा विद्यार्थी नेतामाथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

पोखरा । पोखराको पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णयसँगै भएको लफडाबिच बिहीबार एक जना विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ ।

विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी हान्ने पोखरा-९ का बंशसिंह खवास पक्राउ परेका हुन् ।

पाताले छाँगो ४० वर्षलाई दिने गरी सेती क्यानोन प्रालिसँग २०७८ साउनमा सम्झौता भएको थियो । सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता भएपछि आईईई गर्ने क्रममा बिहीबार सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रमका क्रममा केही स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाएका थिए ।

बैदाम प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार पौडेल र खवास दुवै घाइते छन् ।

‘भाग्ने क्रममा उनलाई सामान्य चोट लागेको छ । उपचारबाट फर्केपछि थप विवरण आउँछ,’ उनले भने, ‘घटना हेर्दा दुई पक्षबिचको विवाद हो । तर डिटेल आएको छैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖