• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! भदौ २० गते शुक्रवारको राशिफल


  • धनकुटा खबर
  • .

श्री शाके १९४७ बि. स .२०८२ साल भदौ २१गते शनिबार इश्वी सन २०२५ सेप्टेम्बर ५ तारीख भाद्र शुक्ल पक्ष चतुर्दशी तिथी धनिष्ठा नक्षत्र अतिगण्ड योग गर करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग सिद्धार्थी नाम संवत्सर सुर्य दक्षीणायन वर्षा ऋतु अनन्त चतुर्दशी व्रत। कुमारी इन्द्र यात्रा। स्वाँछाय्। लड्कु ढँडार मष्टोपूजा। धनिष्ठा पञ्चक ११ः२१ बजे प्रारम्भ। भद्रा २४स्५८ बजे सुरु। अगस्ति उदय १६ः२५ बजे ९२७ं ४२’ उत्तरी अक्षांश। हरिसिद्धिमा दीप यात्रा। सद्गुरु श्री देवचन्द्रजी महाराजको धामगमन।अज्यो पं सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कलाकौशलका क्षेत्रबाट मनग्य लाभ प्राप्त हुनेछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम साबित हुनेछ । प्रिय ब्यत्तिसगँको भेट घाटले मन हर्शित तुल्याउला । पारीवारिक साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने सम्भाबना रहेकोछ । ब्यपार ब्यवसाय मध्यम रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभ चिन्तकहरुको साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन । सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुनसक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ । यात्रामा साबधानि अपनाउनु उत्तम रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्थान परीर्वतनको सम्भाबना रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । सामान्य कार्य सम्पादनमा अधिक समय ब्यतित रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । स्वास्थ क्षेत्रमा सामान्य सुधार आउन सक्नेछ । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नु पर्ने समय रहेकोछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ । कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ । स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन । प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती अधिक समय खर्चनु पर्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖