• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काकाको घुराइ सहन नसकेपछि भतिजाले खुवाए विष


  • धनकुटा खबर
  • .

टोकियो । जापानको चिबा प्रिफेक्चरस्थित इचिबारामा एक १८ वर्षीय किशोरलाई आफ्नो काकाको हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ।

उनले काकाको ठुलो घुराइ सहन नसकेपछि ओलेन्डर नामक विषालु बोटको पात कुटेर उनको मिसो सुपमा मिसाइदिएको प्रहरीले जनाएको छ।

प्रहरीको रिपोर्टअनुसार, गत जुलाई १७ को दिउँसो खाना खाने बेलामा ती किशोरका काकाले आफ्नो मिसो सुपमा केही अनौठो स्वाद महसुस गरेपछि त्यसलाई थुकिदिए। तर, केही समयपछि नै उनको मुख सुन्निएको र पेट दुख्नेजस्ता लक्षण देखिन थाल्यो, जसका कारण उनलाई तत्काल अस्पताल लैजानुपर्‍यो। उनको सुपको नमुना परीक्षण गर्दा त्यसमा ओलेन्डरिन नामक घातक विषालु पदार्थको मात्रा भेटिएको थियो।

‘मलाई काकाको ठुलो घुराइ पटक्कै मन परेन, त्यसैले मैले उनलाई मार्ने निर्णय गरेँ,’ ती १८ वर्षीय किशोरले सोधपुछका क्रममा प्रहरीलाई बताएको जनाइएको छ।

ओलेन्डर एक सदाबहार रुख हो, जसमा रातो वा सेतो फूल फुल्छ। यो रुख प्रायः सडक र पार्कहरूमा रोपिएको पाइन्छ।

यसका हाँगा र पातहरू विषालु हुन्छन्। सौभाग्यवश, ५३ वर्षीय ती काका, जो ती किशोर र उनकी आमासँग बस्दै आएका थिए, पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖