• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रीले २५ हजार क्षतिपूर्ती तिरे, चालक छुटे


  • धनकुटा खबर
  • .

बालिकालाई ठक्कर दिएर भागेकाे कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार सवारीका चालक चन्द्रनारायण चौधरी छुटेका छन् ।

मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । चौधरीले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो । उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार क्षतिपूर्ति तिरिसकेकोले चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाडेको हो ।

नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।

साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएर भागेकाे भन्दै मन्त्रीकाे आलोचना भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖