• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीका लागि विद्यालय चार दिन बन्द गरिने


  • धनकुटा खबर
  • .

सुर्खेत। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरु चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष चन्द्रा कुमारी खड्काले जारी गरेको विज्ञप्तिमा भाद्र २९ गतेदेखि असोज २ गतेसम्म तथा असोज ५ गते शैक्षिक गतिविधि बन्द रहने उल्लेख छ। आर्थिक र प्रशासनिक काम भने यथावत रहनेछन्।

देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण शान्ति–सुरक्षाको अवस्था जोखिमपूर्ण भएको र यस्तो परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिका जोखिममा पर्नसक्ने भन्दै विद्यालय बन्द गर्न निर्णय गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖