• Friday 27th of November 2026

चोरिएका ‘सेक्स टोयज’ फिर्ता गर्न अनुरोध


  • धनकुटा खबर
  • .

बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले जेन–जी आन्दोलनको बेला कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ।

आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूले चोरेका सामान जसरी पनि फिर्ता गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

कार्यालयका अनुसार भीडले सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, फर्निचर, भाँडा–वर्तन मात्र नभई बरामद भएका कपडा, जुत्ता, भेप, सेक्स टोयज, मदिरा, चिनी, चामललगायतका सामग्री चोरेको छ । चोरीमा संलग्नहरूको पहिचान भइसकेको जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘कोही कसैले यस कार्यालयबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए राजस्व अनुसन्धान कार्यालय, बुटवल वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ।’

अन्यथा, कानूनबमोजिम कडाइका साथ कारबाही गरिने चेतावनी दिइएको छ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖