• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

जेनजी प्रदर्शनका क्रममा एसपीको बर्दी लगाउने एकजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, १ असोज । जेनजी प्रदर्शनका क्रममा एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर्दी दुरुपयोग गर्ने एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नाम भने खुलाइएको छैन ।

उक्त दिन प्रदर्शनकारीले डोजर लिएर जिल्ला प्रहरी कार्यालय कार्कीमा आगजनी गरेका थिए । उनीहरुले कार्यालय आफ्नो नियन्त्रणमा लिई प्रहरीका बर्दी, हतियार दुरुपयोग गरेका थिए ।

सोही क्रममा एसपीको बर्दी दुरुपयोग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖