• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौको गोकर्णेश्वरमा खाना खाइरहेकी एक महिलामाथि हतियार प्रहार


  • धनकुटा खबर
  • .

राजधानीको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा एक महिलामाथि हतियार प्रहार भएको छ।

गोकर्णेश्वरस्थित आफ्नै घरमा खाना खाइरहेकी बेला सीतादेवी पन्तमाथि हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ। आक्रमणपछि घाइते भएकी पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पन्तमाथि आक्रमण गरेको आरोपमा सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरिएको छ।

प्रारम्भिक बयानमा पीडितले आफूलाई किन आक्रमण गरिएको हो भन्नेबारे जानकारी नभएको बताएकी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖