• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी


  • धनकुटा खबर
  • .

काठमाडौँ। प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा देशका दुई फरक स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भएका २१ वर्षीय तामाङविरुद्ध परेको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुले उनलाई नियन्त्रणमा लिएको हो।

उता, धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, ओरवाङ बस्ने ३२ वर्षीय जगत कोइरालालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेनीघाटले पीडितको उजुरीपछि उनलाई पक्राउ गरेको हो।

प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖