• Friday 9th of October 2026

किन्न ठिक्क पारेको खसी अर्कैले लगेपछि दुई समूहबीच झडप, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

बाँकेमा खसी किन्ने क्रममा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको नेपालगन्ज उपमहानगरपालिका – ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार आपसमा ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचार क्रममा मृत्यु भएको थियो।

डिएसी पातलीले हत्या घटनामा संलग्न रहेका मध्य चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए।

एक स्थानीयका अनुसार झगडा गर्नेहरु सालो-भेना हुन्।
मृतक बेहना सालो वा भेना को हुन् भन्ने बारे सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖