घरमा छोराको अन्त्येष्टि गर्ने तयारी भइरहेको बेला अस्पतालबाट बुबा बितेको खबर आएपछि दुवै बाबु छोराको संगै अन्तेष्टि गरिएको छ।
कञ्चनपुरका ४० वर्षीय विक्रम राना जन्डिस उपचारका क्रममा निधन भएपछि घर ल्याइएका उनको शनिबार बिहान अन्त्येष्टि गर्न तयारी भइरहेको थियो।
त्यहीबेला धनगढीमा मिर्गौला रोगसँग जुधिरहेका उनका बुबा, ६९ वर्षीय दानबहादुर रानाले पनि अस्पतालमै अन्तिम सास फेरे। बाउ-छोराकै निधनले गाउँ शोकमा डुबेको छ।
शनिबारै दुबैको महाकाली आर्यघाटमा अन्त्येष्टि गरियो।
