काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित एक गेस्ट हाउसमा युवती मृत भेटिएकी छन् ।
बागबजारको न्यु मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना शनिवार मृत अवस्थामा भेटिएकी हुन् ।
गेष्ट हाउमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएकी रानाको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
