• Friday 9th of October 2026

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा काराेबार भएकोमा आज सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖