• Thursday 22nd of October 2026

प्रतक्ष्य निर्वाचित कार्यकारी प्रमुख नभए फेरि आन्दोलनमा उत्रने :जेनजी अगुवा मिराज ढुंगाना


  • धनकुटा खबर
  • .

जेन–जी आन्दोलनका अगुवा मिरज ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने,
“दलहरूले जनतालाई धोका दिएका छन् । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ल्याउनै पर्छ, नत्र फेरि सडकमा उत्रन बाध्य हुन्छौं ।”

ढुंगानाले आन्दोलनपछि निरन्तर धम्की आएको र ज्यानमाथि खतरा बढेकाले आफू गोप्य स्थानमा बस्नुपरेको बताए । उनका अनुसार सामान्य जीवनयापन गर्न कठिन भएको छ ।

उनले आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणाली नआए पनि उम्मेदवारी दिने तयारी रहेको खुलासा गरे ।
“म आन्दोलनको मात्र होइन, राजनीतिक विकल्पको पनि नेतृत्व गर्न तयार छु,” ढुंगानाले भने ।

सिंहदरबारमा भएको आगजनीबारे उनले आन्दोलनकारीको संलग्नता नदेखिएको दाबी गरे ।
“हामीको आन्दोलन पवित्र थियो, तर अदृश्य शक्तिहरूले बदनाम गर्न गाली र हिंसा मिसाए,” उनले आरोप लगाए ।

ढुंगानाले जेन–जी आन्दोलनले हालको राजनीतिक परिवर्तनलाई बल मिलाएको भन्दै जनताले विश्वास गर्ने वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने संकेत दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖