• Thursday 22nd of October 2026

केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका टोपबहादुर रायमाझी कारागार फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन् ।

रायमाझी कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए । उनले भने, ‘उहाँ हिजो फर्किनुभएको हो ।’

भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा रायमाझी अदालतको आदेशले थुनामा गएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖