• Thursday 22nd of October 2026

सुमनालाई रास्वपाले भन्यो– नयाँ यात्राका लागि शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्वसहमहामन्त्री सुमना श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ ।

केन्द्रीय कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठले पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।

श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् ।

श्रेष्ठले पार्टी छोडेको विषयमा बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले भने,‘सुमनाजीको बारेमा छलफल भयो उहाँले पार्टीलाई अहिलेसम्म योगदान गर्नुभयो त्यसको सम्मान गरेको छ । यस्तै पूर्वमहामन्त्री मुकुल ढकालले स्थापनाकालदेखि दस्ताबेजीकरण गर्न सहजीकरण गर्नुभयो त्यसका लागि धन्यवाद छ’, उनले भने,‘आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ । उहाँहरू बारेमा कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन । जहाँसम्म नेतृत्वले अवसर दिनुभएको थियो । सहयात्रा टुङ्गिएको छ । अर्को कुरा उहाँले एजेण्डा छोड्नु भएको छैन । यही देशमा बस्नुभएको छ । उहाँबाट धेरै कुरा सिक्न पायौँ । नयाँ यात्राको लागि स्वागत छ ।’

बैठकमा केही नेताहरूले श्रेष्ठलाई फर्काउने विषयमा मत राखेको पनि झाले जानकारी गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖