काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै मङ्गलबार साँझ फेरि ठुलो पहिरो झरेको छ ।
पहिरो झरेसँगै सडक आवागमन दुईतर्फी बन्द भएको छ ।
निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ । यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।
