• Thursday 22nd of October 2026

काठमाडौं अब पूर्ण उज्यालो हुने, बालेनले सुनाए योजना


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको बताएका छन् । जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेको र दशैंभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी रहेको उनले बताएका छन् ।

अघिल्लो कार्यकालमा राखिएका, तर बत्ति नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरी हाल बलिरहेको उनले उल्लेख गरेका छन् । करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको र जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने बालेनले बताएका छन् ।

‘विगत ३ वर्षदेखि विविध कारणबस रोकिएको हाम्रो पहिलो प्रथामिकतामा रहेमध्येको उज्यालो महानगर योजनाअन्तर्गत काठमाडौं महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ । जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन् । दशैंभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको छ । अघिल्लो कार्यकालमा राखिएका, तर बत्ति नबलेका दुइ हजारभन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेका छन्।

साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको छ । जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेका छौं,’– उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖