• Friday 9th of October 2026

जग्गाको सिमानाबारे विवाद हुँदा महिलाको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा एक जना महिलाको हत्या भएको छ ।

चन्द्रागिरि नपा–६ चेकपोस्ट महादेवस्थान घर भएर खहरे थापागाउँमा माइतीघरमा बस्दै आएकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो ।

हत्यामा संलग्न आरोपमा दहचोक घर भएका ३२ वर्षीय सरोज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको सिमानाबारे विवाद हुँदा बुधवार सरोजले चिर्पटले हिर्काएर महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

महिलाको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖