• Friday 9th of October 2026

पर्सामा चल्यो गोली


  • धनकुटा खबर
  • .

वीरगञ्ज । पर्साको भिष्वामा बिहीबार राति गोली चलेको छ । छिपहरमाइ गाउँपालिकाको वडा नम्बर–५ मा गोली चलेको पर्सा प्रहरीले जनाएको छ ।

गोली चल्दा सोही वडाका एक युवक घाइते भएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बताए ।उनका अनुसार अन्दाजी १७ वर्षीय युवक घाइते भएका हुन् ।

प्रहरी स्रोतका अनुसार युवा समूहबिच विवाद हुँदा गोली चलेको हो । घाइते युवकको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖