• Friday 9th of October 2026

सुनकोशी नदीमा ख़स्यो भ्यान, चालक बेपत्ता


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करिब ५:२० बजे भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए ।

सो भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖