• Friday 9th of October 2026

कपुरकोट दुर्घटना अपडेट : मृतक तीन जनाको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

दीपक बाेहरा/तुलसीपुर,१२ असाेज । रुकुम बाँफिकाेटबाट दाङ तुलसीपुरतर्फ आउदै गरेकाे यात्रुबहाक हाईस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे सनाखत भएकाे छ ।

आईतबार राति २ बजेतिर लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे थियाे ।

मृत्यु हुनेमा बाँफिकाेट गाउँपालिका ५ निवासी ६७ बर्षीय पबि कसी, साेही ठाउँका २७ बर्षीय प्रकाश केसी र ३० बर्षीय शसिधर केसीकाे मृत्यु भएकाे हाे । दुर्घटनामा दुइजना गम्भीर घाइते भएका छन् ।

गाडी सडक देखि तीन सय मिटर तल खसेकाेे छ ।-लाइभ दांग

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖