• Friday 9th of October 2026

चुरियामाई छेउमा बसको ब्रेक फेल, ब्याक हुँदा दुई मोटरसाइकललाई किच्यो


  • धनकुटा खबर
  • .

रौतहट । बारामा बुधबार बिहान भएको बस दुर्घटनामा दुई मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका अनुसार बिहान करिब १० बजे जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बस जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक पथलैया–हेटौंडा सडकखण्डमा उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भई पछाडि सरेको थियो ।

त्यस क्रममा बसले सोही दिशातर्फ जाँदै गरेका ना १२ प ३३६० र म।प्र। ०३–०२४ प ४४९५ नम्बरका दुई मोटरसाइकल किच्दा उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार घाइते हुनेहरूमा बारा भरवलिया गाउँ बस्ने २५ वर्षीय मकेश्वर पटेल, २२ वर्षीया कलिता देवी, २० वर्षीया तानेया पटेल, २७ वर्षीय कञ्चन कुमार पटेल । त्यस्तै २६ वर्षीया कविता देवी र ३ वर्षीय बालक आयुष पटेल रहेका छन् ।

सहकारी अस्पताल मकवानपुरलगायत विभिन्न ठाउँमा उनीहरूको उपचार भइरहेको छ ।

दुर्घटनापछि बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बस र दुवै मोटरसाइकल घटनास्थलमै छन् । दुर्घटनाका कारण सडक केही समय अवरुद्ध भए पनि अहिले बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖