• Friday 9th of October 2026

सहयोग रकमबारे प्रश्न उठाउनेलाई आशिकाको जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले आफूले सङ्कलन गरेको आर्थिक सहयोगको हिसाब माग्ने व्यक्तिहरूलाई कडा जवाफ दिएकी छन्। आफ्नो फेसबुक पोस्टमार्फत उनले आफूलाई सहयोग नगर्नेहरूले नै हिसाब माग्नु ‘छक्क लाग्दो’ भएको भन्दै आक्रोश पोखेकी छन्।

तामाङले सहयोग गर्ने सबै दातालाई व्हाट्सएपमार्फत एक-एक रुपैयाँको हिसाब उपलब्ध गराएको बताएकी छन्। उनले पैसाको हिसाब माग्नेहरूको नियतमाथि प्रश्न उठाउँदै भनेकी छन्, ‘कस्तो सोच हो तपाईँहरूको? म भात खान्छु के, पैसा होइन! मलाई के काम पैसा?’

घाइते र मृतकका परिवारलाई चाहिएको आर्थिक सहयोग जुटाउन आफू लागिपरेको बताउँदै उनले आफूमाथि अनावश्यक औँला उठाइएकोमा दुःख व्यक्त गरेकी छन्। ‘जो घाइते भाइहरू र मृतक परिवारहरूलाई चाहिएको छ आर्थिक सहयोग… उहाँहरू लागि एताबाट हुन्छ कि उताबाट हुन्छ कि खोजेर सहयोग पुर्‍याइरहेको छु, तैपनि औँला मै माथि किन उठाइरहनु हुन्छ?,’ उनले लेखेकी छन्।

उनले सहयोग गर्न आफूले कसैलाई नरोकेको भन्दै अरूलाई आरोप लगाउनुअघि एक पटक सोच्न आग्रह गरेकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖