महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
सडकमा पल्टिएको बसमा एकजना च्यापिएका छन् ।
