• Friday 9th of October 2026

चट्याङ लागेर दुई किशोरको मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट। रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको निधन भएको छ।

अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २, हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले मृत्युको पुष्टि गरेका छन्। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलका अनुसार, मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖